प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा मानिस मृत अवस्थामा फेला

२०८०-०२-३२

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-१४, चन्दनपुर मदन भण्डारी राजमार्ग स्थित बाटोमा जिल्ला धनुषा, मिथिला नगरपालिका घर बताउने नामथर र वतन नखुलेको अन्दाजी ४४/४५ वर्षीय पुरूष व्यक्ति बाटोमा लडिरहेको अवस्थामा स्थानियले देखि उक्त मानिसलाई लडिरहेको स्थान बाट अन्दाजी ४० मिटर पूर्व सितलठुमा लगी स्थानिय मेडिकलको डाक्टर बोलाई चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको  छ ।

सम्बन्धित समाचार
८० किलोग्राम भन्दा बढी लागुऔषध गाँजा बरामद
२०८२-०२-१८

मकवानपुर, थाहा नगरपालिका-३, थानाबजार स्थित त्रिभुवन राजपथ सडक खण्डमा लागुऔषध ओसार पोसार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले डाँडाबासबाट काठमाण्डौं तर्फ जाँदै गरेको बा ५ च. ४४११ नम्बरको सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा गाडीको पछाडीको ढोका र डिक्कीमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको अवस्थामा प्लाष्टिकले बेरिएको लागुऔषध गाँजा १३ वटा प्याकेट तौल गर्दा ८० किलो १२० ग्राम रहेको र गाडी चालक जिल्ला गोर्खा, पालुङटार नगरपालिका-१० अन्दाजी २८ वर्षीय मधुसुदन अधिकारी र गाडीमा सवार जिल्ला सिन्धुली, दुधौली नगरपालिका-८ बस्ने अन्दाजी २५ वर्षीय नवराज खड्कालाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।