प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध युरिया मल बरामद

२०८०-०१-१६

  • A
  • A-
  • A+
Share

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-४, मदन भण्डारी राजमार्ग स्थित प्रहरी चौकी महेन्द्रझ्याडी चेकपोष्ट अगाडी प्रहरी टोलिले सवारी साधन चेकजाँच गर्ने क्रममा सर्लाही कर्मैयाबाट हरिहरपुरगढी तर्फ जाँदै गरेको ना ५ त ७४३७ नम्बरको ट्याक्टर चेकजाँच गर्दा जिल्ला सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-५, बोटेनी बस्ने २३ वर्षीय नेत्र बहादुर लो ले चलाएको उक्त ट्याक्टरमा भ्याट बिल साथमा नभएको ५५ बोरा युरिया मल फेला परेको हुँदा ट्रयाक्टर सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
१४३ किलोग्राम बराबर लागू औषध गाँजा बरामद
२०८२-०३-३०

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२, आपटार स्थित मलेखु कान्द्राङगढी भित्रि सडक खण्डमा कान्द्राङगढीबाट मलेखु तर्फ आउँदै गरेको BR 06 Pc1167 नम्बरको इन्डियन महेन्द्र गाडि लाई प्रहरी चौकी ताल्ति, धादिङबाट खटिएको प्रहरी टोलिले गस्ति गर्ने क्रम्मा शंकास्पद लागि उक्त गाडि र चालक देश भारत जिल्ला मोतिहारी राज्ज बिहार थाना रक्सोल नोइपाढीह-४, सहदेवा बस्ने अन्दाजी ४५ वर्षीय सरहज मियाँलाई चेक जाँच गर्ने क्रममा उक्त गाडीबाट अन्दाजी १४३ किलो ८४० ग्राम लागू औषध गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।