प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा कोरोना पोजेटिभबाट एकको मृत्यु

२०८०-०१-०६

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका-४ घर भई हाल जिल्ला काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-४, नाला डेरा गरी बस्ने २८ वर्षीया सरस्वती बि.क. धुलिखेल अस्पतालमा सुत्केरी भएको र कोरोना भाइरस समेत पोजेटिभ देखिएकोले डिस्चार्ज नगरी उपचार गर्नु पर्छ भनि सोहि अस्पतालको डाक्टरले भन्दा भन्दै पनि आफुखुशी डिस्चार्ज गरी लगेकोमा गाह्रो भई पुन: उपचारको लागि शिर मेमोरियल अस्पताल ल्याउँदै गर्ने क्रममा बाटोमा नै मृत्यु भएको । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८३-०४-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर स्थित पोखराबाट काकंडभिट्टा आउँदै गरेको ना २ ख.२२९३ नं. को बस खाना खानको लागि माउन्ट दिपज्योती भोजनालयमा रोकि खाना खाई गन्तब्य तर्फ जाने क्रममा सोही स्थानमा बसको अन्तिम सिट नजिकै बसको भित्र १ वटा सेतो बोरा र १ वटा कालो झोला शंकास्मद अवस्थामा देखि बसको कन्टेक्टरले तत्कालै जानकारी गराउना साथ जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई हेर्दा सेतो बोरा र कालो झोला भित्र लागुऔषध गाँजा २६ किलोग्राम २० ग्राम फेला परेको । लागुऔषध सहित जिल्ला मकवानपुर मनहरी गाउँपालिका-३, पाल दमार बस्ने वर्ष अन्दाजी २२ को समिर मोक्तान र सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर बस्ने वर्ष अन्दाजी २० को आशिष लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।