प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

ट्याकटरको ढालाबाट खसी एकको मृत्यु

२०८०-०१-०१

  • A
  • A-
  • A+
Share

मकवानपुर, भिमफेदी गाउँपालिका-७, कोगटे स्थित ईपा कोगटे भिमफेदी सडक खण्डमा ईपाबाट कोगटेतर्फ आउँदै गरेको ना ३ त १४९७ नम्बरको ट्याकटरको ढालाबाट खसी सोही ठेगाना बस्ने अन्दाजी ६० वर्षीय भिम बहादुर सारु मगर को मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
३० किलोग्राम लागुऔषध गाँजा सहित ३ जना मानिस नियन्त्रणमा
२०८२-०९-०८

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट बजार स्थित पृथ्विलोकमार्गमा गोप्य सुचनाको आधारमा प्रहरी चौकी बैरेनिबाट प्रहरी नायव निरीक्षक र अस्थाई पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको  कमाण्डमा खटिएको संयुक्त टोलिले काठमाण्डौंबाट बुटवल तर्फ जाँदै गरेको लु २ ख ६२३१ नं.को बसलाई रोकी चेकजाँच गर्दा बसको डिक्कीमा लुकाई राखेको कालो,हरियो र रातो ३ वटा रङ भएको भिर्ने झोलाहरूमा अन्दाजी ३० किलोग्राम बराबरको लागुऔषध गाँजा फेला परेको । लागुऔषध गाँजा सहित जिल्ला धादिङ गजुरी गाउँपालिका-७ बस्ने वर्ष ३५ को चन्द बहादुर तामाङ, सोहि बस्ने वर्ष १९ को युके तामा र सोहि बस्ने अन्दाजी वर्ष ४५ को चन्द बहादुर तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।