प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी घाईते

२०७९-१२-२२

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२४, घर भई हाल जिल्ला काभ्रे बनेपा नगरपालिका-६ बस्ने नख बहादुर ढुङ्गानाको छोरा वर्ष २१ को सुदन ढुङ्गानाले आफ्नै घर भित्र काठको बलोमा लाईलनको पासो लगाई झुण्डी रहेको अवस्थामा निजको बुबाले देखी पासो काटी उपचारको लागि सिरमेमोरीयल अस्पताल लगिएको । निजको अवस्था गम्भिर रहेको । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।