प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवन र मकवानपुरमा झुण्डी मृत्यु

२०७९-१२-१५

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-६, सिद्धेश्वर टोल बस्ने ७४ वर्षीय टिकाराम अधिकारी आफ्नै घरको कोठाको बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

मकवानपुर, थाहा नगरपालिका-१२, टिस्टुङ घर भई हाल जिल्ला धादिङ, थाक्रे गाउँपालिका-२, महादेववेशी बस्दै आएको १९ वर्षीय सुजन आले मगर आफु सुत्ने कोठाको सिलिङ्ग पंखामा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
८० किलोग्राम भन्दा बढी लागुऔषध गाँजा बरामद
२०८२-०२-१८

मकवानपुर, थाहा नगरपालिका-३, थानाबजार स्थित त्रिभुवन राजपथ सडक खण्डमा लागुऔषध ओसार पोसार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले डाँडाबासबाट काठमाण्डौं तर्फ जाँदै गरेको बा ५ च. ४४११ नम्बरको सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा गाडीको पछाडीको ढोका र डिक्कीमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको अवस्थामा प्लाष्टिकले बेरिएको लागुऔषध गाँजा १३ वटा प्याकेट तौल गर्दा ८० किलो १२० ग्राम रहेको र गाडी चालक जिल्ला गोर्खा, पालुङटार नगरपालिका-१० अन्दाजी २८ वर्षीय मधुसुदन अधिकारी र गाडीमा सवार जिल्ला सिन्धुली, दुधौली नगरपालिका-८ बस्ने अन्दाजी २५ वर्षीय नवराज खड्कालाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।