प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवन, नुवाकोट र सिन्धुलीमा झुण्डी मृत्यु

२०७९-१२-०५

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-८, बागमारा बस्ने अन्दाजी १८ वर्षीय सुमित महतो आफ्नै घरको सुत्ने कोठाको पंखामा पछ्यौराको पासो लगाई झुण्डी मृत्यु भएको छ । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरी ईच्छाकामना गाउँपालिका-६ बस्ने ३२ वर्षीय सुमन गुरुङ आफ्नै घरको कोठामा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

नुवाकोट, विदुर नगरपालिका-९, लामटार बस्ने अन्दाजी १७ वर्षीय अविनाश सुनारले आफ्नै घरदेखि अन्दाजी २०० मिटर तल चिलाउनेको रूखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सिन्धुली, गोलन्जोर गाउँपालिका-३, ओख्ले बस्ने ६१ वर्षीया मिश्रा देवी आछामी घरबाट अन्दाजी ३०० मिटर रहेको वरको रूखमा नाम्लोको डोरीले  पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८३-०४-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर स्थित पोखराबाट काकंडभिट्टा आउँदै गरेको ना २ ख.२२९३ नं. को बस खाना खानको लागि माउन्ट दिपज्योती भोजनालयमा रोकि खाना खाई गन्तब्य तर्फ जाने क्रममा सोही स्थानमा बसको अन्तिम सिट नजिकै बसको भित्र १ वटा सेतो बोरा र १ वटा कालो झोला शंकास्मद अवस्थामा देखि बसको कन्टेक्टरले तत्कालै जानकारी गराउना साथ जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई हेर्दा सेतो बोरा र कालो झोला भित्र लागुऔषध गाँजा २६ किलोग्राम २० ग्राम फेला परेको । लागुऔषध सहित जिल्ला मकवानपुर मनहरी गाउँपालिका-३, पाल दमार बस्ने वर्ष अन्दाजी २२ को समिर मोक्तान र सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर बस्ने वर्ष अन्दाजी २० को आशिष लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।