प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवन, नुवाकोट र सिन्धुलीमा झुण्डी मृत्यु

२०७९-१२-०५

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-८, बागमारा बस्ने अन्दाजी १८ वर्षीय सुमित महतो आफ्नै घरको सुत्ने कोठाको पंखामा पछ्यौराको पासो लगाई झुण्डी मृत्यु भएको छ । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरी ईच्छाकामना गाउँपालिका-६ बस्ने ३२ वर्षीय सुमन गुरुङ आफ्नै घरको कोठामा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

नुवाकोट, विदुर नगरपालिका-९, लामटार बस्ने अन्दाजी १७ वर्षीय अविनाश सुनारले आफ्नै घरदेखि अन्दाजी २०० मिटर तल चिलाउनेको रूखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सिन्धुली, गोलन्जोर गाउँपालिका-३, ओख्ले बस्ने ६१ वर्षीया मिश्रा देवी आछामी घरबाट अन्दाजी ३०० मिटर रहेको वरको रूखमा नाम्लोको डोरीले  पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ सहकारी भवन स्थित सडक छेउमा लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, बस्ने वर्ष अन्दाजी २२ को छिरिङ लो को साथबाट २ वटा प्लाष्टिकका पुरियामा लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ तौल गर्दा (२५० मिलि ग्राम भएको) र निज संगै रहेको सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्ने वर्ष अन्दाजी २९ को बिनोद राज जिम्बालाई समेत लागुऔषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखिएको ।