प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०७९-१२-०४

  • A
  • A-
  • A+
Share

चितवन, राप्ती नगपालिका-२, राईटोल स्थित विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, भण्डारा, चितवनबाट खटिएको गस्ति टोलीले अन्दाजी ६०/६५ किलोग्राम लागुऔषध गाँजा बोकी ल्याउदै गरेको जिल्ला चितवन, राप्ती नगरपालिका-१२ बस्ने ३२  वर्षीय चन्द्र बहादुर प्रजा लागुऔषध गाँजा सहित पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको छ ।

काभ्रेपलाञ्‍चोक, पाँचखाल नगरपालिका-२, देवीस्थान बस्ने ३० वर्षीय विश्व तामाङले लागु औषध (गाँजा) विक्री वितरण गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी पाँचखालबाट खटिएको टोलीले चेकजाँच गर्दा निजले आफ्नै घरमा लुकाई छिपाई राखेको  अन्दाजी १० किलोग्राम गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागु औषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-०८

सिन्धुली, कमलामाई नगरपालिका वडा नं.०९ भिमान सिन्धुली चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडक खण्डमा इलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दीबासबाट संयुक्त प्रहरी चेकिङ टोलीले झापाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.४ ख ५५०० नं. को हायसमा  सवार जिल्ला सोलुखुम्बु दुधकण्ड नगरपालिका वडा-२ बस्ने बर्ष अन्दाजी- २६ को विक्रम श्रेष्ठको साथमा रहेको झोलामा लागु औषध (खैरो हिरोईन) जस्तो देखिने गिलो पदार्थ तौल १०० ग्राम ४२०मिलिग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।