प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-१२-०१

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१, नारायणी नदी किनार नजिकै शंकास्पद रूपमा बसेको जिल्ला कास्की, पोखरा महानगपालिका-२ बस्ने ३९ वर्षीय रतन गुरुङलाई वडा प्रहरी कार्यालय नारायणगढबाट खटी गएको टोलिले निजलाई चेकजाँच गर्दा निजको साथबाट नुरफिन-३५ पिस, डाइजेपाम-३५ पिस, एनार्गन-३७ पिस र अन्दाजी लागुऔषध गाँजा १०० ग्राम सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको छ ।

सम्बन्धित समाचार
लागु औषध चरेस र गाँजा सहित ३ मानिस नियन्त्रणमा ।
२०८३-०१-०७

धादिङ, गल्छि गाउँपालिका-७ गल्छि बजार स्थित सोही ठाउँ बस्ने बर्ष अन्दाजी-३२ संगम श्रेष्ठको घरमा शंकास्पद रुपमा निम्न: मानिसहरु जिल्ला बाँके कोहलपुर नगरपलिका वडा-१० बस्ने बर्ष अन्दाजी-२० को छोटु अन्सारी र कोहलपुर नगरपालिका- १० बस्ने बर्ष अन्दाजी- ३५ को साहिद अलि बसिरहेको अबस्थामा शंका लागि नियन्त्रणमा लिएर चेकजाँज तथा खानतलासी गर्दा खरानी कलरको सुटकेश भित्र १७ किलो ४१० ग्राम लागुऔषध गाजाँ  तथा कालो कलरको भिर्ने झोला भित्र लागुऔषध २ किलो ५० ग्राम चरेस फेला परेकोले ३ जना व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध खैरो हिरोइन सहित भारतीय नागरिक नियन्त्रणमा ।
२०८३-०१-०६

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान स्थित चेकपोष्टमा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय बर्दिबासको संयुक्त टोलीले चेकजाँच गर्दा बिराटनगरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ६३५६ नं. को हाईसको पछाडीको सिटमा सवार सिपोल जिल्ला बिहार राज्य राधोपुरग्राम पञ्चायत भारत बस्ने उमेश जैसवालको छोरा वर्ष ४५ को शंकर जैसवालको पछाडी बोक्ने कालो झोलाको पछाडीको पकेट भित्र लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ २५.३८० ग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।