प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवन- कोरोना पोजेटीभको मृत्यु

२०७८-०६-१४

  • A
  • A-
  • A+
Share

असोज १४, जिल्ला नवलपुर देवचुली नगरपालिका-१६ बस्ने वर्ष २५ को अरुण चापागाई निमोनिया सम्बन्धी बिरामी भई मिति २०७८।०५।०९ गते मध्यबिन्दु अस्पतालमा  PCR चेकजाँच गराउँदा रिपोर्ट पोजेटीभ आई मिति २०७८।०५।१६ गते भरतपुर म.न.पा.१० स्थितमा रहेको भरतपुर अस्पतालको COVID ICU मा भर्ना भई उपचार भईरहेकोमा निजको मिति २०७८।०६।१४ गते उपचारको क्रममा मृत्यु भएको ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८३-०४-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर स्थित पोखराबाट काकंडभिट्टा आउँदै गरेको ना २ ख.२२९३ नं. को बस खाना खानको लागि माउन्ट दिपज्योती भोजनालयमा रोकि खाना खाई गन्तब्य तर्फ जाने क्रममा सोही स्थानमा बसको अन्तिम सिट नजिकै बसको भित्र १ वटा सेतो बोरा र १ वटा कालो झोला शंकास्मद अवस्थामा देखि बसको कन्टेक्टरले तत्कालै जानकारी गराउना साथ जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई हेर्दा सेतो बोरा र कालो झोला भित्र लागुऔषध गाँजा २६ किलोग्राम २० ग्राम फेला परेको । लागुऔषध सहित जिल्ला मकवानपुर मनहरी गाउँपालिका-३, पाल दमार बस्ने वर्ष अन्दाजी २२ को समिर मोक्तान र सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर बस्ने वर्ष अन्दाजी २० को आशिष लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।