प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

करेन्ट लागि मृत्यु

२०७९-११-१३

  • A
  • A-
  • A+
Share

काभ्रेपलान्चोक, चौरीदेउराली गाउँपालिका-४ घर भई हाल भक्तपुर सुर्यविनायक नगरपालिका-९ पलासे स्थित ह्याचरी (कुखुराको चल्ला निकाल्ने ठाउँ) मा काम गर्ने वर्ष २४ की जुनुमाया माझीको करेन्ट लागि मृत्यु भएको छ । निजलाई उक्त ह्याचरीको करेन्ट सर्ट भई करेन्ट लागेको थियो । करेन्ट लागि घाईते भएका माझीको उपचारको लागि शिरमेमोरियल अस्पताल बनेपा ल्याएकोमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गर्नुभएको थियो । यस घटना बारे आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
११ किलोग्राम लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०९-०२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सड्क खण्डमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले चितवनबाट बिरगंज तर्फ जाँदै गरेको ना ६ ख १६१७ नं. को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको सिटमाथि रहेको र्‍याकमा २ वटा पछाडि भिर्ने कालो झोलामा लागुऔषध गाँजा अन्दाजी ११ किलोग्राम फेला परेको । चितवन राप्ति नगरपालिका-१२, भञ्ज्याङ  बस्ने वर्ष अन्दाजी २३ को निसान प्रजा र चितवन राप्ति नगरपालिका-१२, यउरालिटार नजिक बस्ने अन्दाजी २३ को सागर प्रजा दुबै जनालाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।