प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

करेन्ट लागि मृत्यु

२०७९-११-१३

  • A
  • A-
  • A+
Share

काभ्रेपलान्चोक, चौरीदेउराली गाउँपालिका-४ घर भई हाल भक्तपुर सुर्यविनायक नगरपालिका-९ पलासे स्थित ह्याचरी (कुखुराको चल्ला निकाल्ने ठाउँ) मा काम गर्ने वर्ष २४ की जुनुमाया माझीको करेन्ट लागि मृत्यु भएको छ । निजलाई उक्त ह्याचरीको करेन्ट सर्ट भई करेन्ट लागेको थियो । करेन्ट लागि घाईते भएका माझीको उपचारको लागि शिरमेमोरियल अस्पताल बनेपा ल्याएकोमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गर्नुभएको थियो । यस घटना बारे आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०३-२६

सिन्धुली, दुधौली नगरपालिका-७ पोखरे स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा खटिएको प्रहरी टोलीले इटहरीबाट काठमाण्डौतर्फ जाँदै गरेको चालक जिल्ला उदयपुर रौतामाई गाउँपालिका वडा नम्बर-२ बस्ने बर्ष २३ को नविन दाहालले चलाइ ल्याएको बा५ख ५९८८ नम्बरको हायस गाडीलाई रोकी  शंका लागी चेकजाँच गर्दा उक्त गाडीको सवार जिल्ला सुनसरी हरिनगरा गाउँपालिका-३ बस्ने बर्ष १८ को सुमन कुशवाहाले  बोकेको झोला खोली हेर्दा झोला भित्र लुकाइ छिपाइ राखेको अवस्थामा  लागु औषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ तौल गर्दा १०५ ग्राम निज समेतलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको ।