प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

निरीक्षण तथा निर्देशन सम्बोधन

२०७९-११-०५

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक थापाले जिल्ला प्रहरी कार्यालय, धादिङको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख थापाले जिल्ला प्रहरी कार्यालय, धादिङको वस्तुस्थिति तथा सम्पादित पछिल्लो गतिविधीको बारेमा जानकारी लिनुका साथै कार्यालयमा रहेका बिभिन्न शाखाहरूको निरीक्षण गर्नुभएको हो । निरीक्षण तथा अवलोकन भ्रमणका क्रममा प्रदेश प्रहरी प्रमुख थापाले नागरिकमैत्री तवरले प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागिय निर्देशन समेत दिनुभएको थियो ।


निरीक्षण तथा अवलोकन भ्रमण पश्चात प्रदेश प्रहरी प्रमुख थापाले धादिङको जिल्ला स्थित सुरक्षा समितिका पदाधिकारी, स्थानिय तहका जनप्रतिनिधि, समाजसेवी, राजनीतिक दल, संचारकर्मी, बिभिन्न संघ संस्थाका प्रतिनिधि तथा नागरिक समाजका बिभिन्न व्यक्तिहरूसँग छलफल तथा अन्तरक्रिया समेत गर्नुभएको थियो । 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०८-०४

चितवन, राप्ती नगरपालिका-१ लोथर स्थित प्रहरी चेकिङ पोइन्टमा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा हेटौंडाबाट चितवन तर्फ आउँदै गरेको NL 0107792 नम्बरको भारतीय कन्टेनरको अगाडि भागको ड्राइभर सिटको पछाडि क्याबिनमा False Bottom मा लुकाई छिपाई गरी ल्याउँदै गरेको लागू औषध (गाँजा)  तौल गर्दा ४४३ के.जि  सहित सवारी साधन, उक्त कन्टेनरमा सवार चालक देश भारत बैशाली जिल्ला ग्राम चर्खाजे बस्ने वर्ष २४ को सत्यम कुमार र सह-चालक सोही स्थान  बाबन घाट बस्ने वर्ष २० को रौनक कुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।