प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-११-०५

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१०, बसपार्क स्थित रोशन होटलको ५०४ नं. रुममा लागुऔषध बिक्रिबितरण भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, मकवानपुरबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको विशेष टोलिले उक्त होटलको ५०४ नं.को रुमलाई चेकजाँच गर्ने क्रममा जेब्रा झोला भित्र लुकाई छिपाई राखेको कोडिविल (Codiwell0) ५० बोतल (प्रतिबोतल १०० ml) फेला परेको छ ।  उक्त होटल भित्र रहेको जिल्ला बारा, निजगढ नगरपालिका-७ बस्ने २८ वर्षीया सुस्मा तिमल्सिना र जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका-८, कमाने बस्ने ३८ वर्षीय जग बहादुर तामाङलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।  

सम्बन्धित समाचार