दोलखामा भिरबाट लडी एकको मृत्यु
२०७९-१०-२७
- A
- A-
- A+
दोलखा, कालिन्चोक गाउँपालिका-६ तल्लोटोल बस्ने अन्दाजी बर्ष
५१ को लिला बहादुर सुनुवारको लडी मृत्यु भएको छ । निज सोहि स्थित रंगध्वज
अधिकारीको घरमा पुजामा गएको र बेलुकी अबेर सम्म पनि घर फर्की नआएकोले आफन्तहरुले
खोजतलाश गर्दै जाने क्रममा घरदेखी अन्दाजी ३०० मिटर पश्चिम तर्फ ठुलोखोला ओखलढुंगे
भिरबाट लडी मृत अवस्थामा फेला पारेका थिए । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको
छ ।