प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

निरीक्षण तथा निर्देशन सम्बोधन

२०७९-१०-२६

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक थापाले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख थापाले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा रहेका बिभिन्न शाखाहरु, हिरासत कक्ष लगायतको निरीक्षण गर्नुको साथै जिल्लाबाट सम्पादित पछिल्लो गतिविधीहरुको बारेमा जानकारी लिनुभएको हो । निरीक्षण तथा अवलोकन भ्रमणपश्चात् प्रदेश प्रहरी प्रमुख थापाले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न, प्राकृतिक स्रोतको अवैध दोहन तथा तस्करी नियन्त्रण गर्न, वस्तुनिष्ठ अपराध अनुसन्धान गर्न, फैसला कार्यान्वयन तथा पेण्डिङ मुद्दा फर्स्यौटलाई प्राथमिकता दिन र पीडितलाई केन्द्रबिन्दुमा राखी गुनासो रहित ढंगबाट प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको थियो । 

यसैगरी निरीक्षण तथा अवलोकन भ्रमणकै क्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक थापाले सिन्धुपाल्चोक जिल्लास्थित स्थानिय तहका जनप्रतिनिधी, समाजसेवी, राजनीतिक दल, संचारकर्मी, बिभिन्न संघ संस्थाका प्रतिनिधी, नागरिक समाजका बिभिन्न ब्यक्तिहरूसँग छलफल तथा अन्तरक्रिया समेत गर्नुभएको छ । छलफलका क्रममा प्रदेशको शान्ति, सुरक्षाका विषयमा उठेका जिज्ञासाहरुको जवाफ दिँदै प्रदेश प्रहरी प्रमुख थापाले सबै सरोकारवाला निकाय र आम नागरिकहरुको सहकार्य र समन्वयमा मात्र प्रभावकारी शान्ति सुरक्षा कायम हुने र वस्तुनिष्ठ अपराध अनुसन्धान सम्भव हुने भएकाले निरन्तर सहयोग र समन्वय गर्दै अगाडि बढ्न सबै निकाय र नागरिक समाजका प्रतिनिधीहरुलाई आह्वान गर्नुभएको छ ।


सम्बन्धित समाचार
अमेरिकी डलर सहित मानिस नियन्त्रणमा
२०८३-०२-१०

रसुवा, उत्तरगया गाउँपालिका वडा नं. ५ बेत्रावती बजार स्थित पासाङ ल्हामु सडक खण्डमा नियमित सवारी साधनहरु चेक जाँच गर्ने क्रममा काठमाण्डौबाट टिमुरे तर्फ जाँदै गरेको बा.प्र.०१००६ ख ९५१५ नं.को यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा सवार मित्रराष्ट्र चीनको मानसरोवरको लागी जादैँ गरेको भारतिय नागरीकहरु ३० जनाको ग्रुपको गाईड जिल्ला धादिङ गंगाजमुना गाउँपालिका वडा नं.५ बस्ने बर्ष ३७ को सुशिल गुरुङको साथबाट अमेरीकी डलर १०० को ३६३ वटा, ५० को ११२ वटा, २० को २९ वटा,१० को ५० वटा, ५ को ३ वटा र १ को ५ वटा गरी जम्मा ४३,०००।– (त्रिचालिस हजार मात्र) अमेरिकी डलर फेला पारि निज गाईड र उक्त परिमाणको अमेरीकी डलर सहित नियन्त्रणमा लिएको मानिस र उक्त परिमाणको अमेरीकी डलरलाई थप अनुसन्धान कार्यको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाएको ।

लागु औषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-०८

सिन्धुली, कमलामाई नगरपालिका वडा नं.०९ भिमान सिन्धुली चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडक खण्डमा इलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दीबासबाट संयुक्त प्रहरी चेकिङ टोलीले झापाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.४ ख ५५०० नं. को हायसमा  सवार जिल्ला सोलुखुम्बु दुधकण्ड नगरपालिका वडा-२ बस्ने बर्ष अन्दाजी- २६ को विक्रम श्रेष्ठको साथमा रहेको झोलामा लागु औषध (खैरो हिरोईन) जस्तो देखिने गिलो पदार्थ तौल १०० ग्राम ४२०मिलिग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।