प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा एक कामदारको मृत्यु

२०७९-१०-२६

  • A
  • A-
  • A+
Share

दोलखा, शैलुङ गाउँपालिका-३ गोफ्ले स्थित सगुन कन्ट्रक्सन सडक निर्माणमा लेबर काम गर्ने जिल्ला बाँके बैजनाथ गाउँपालिका-१ घर भएका बर्ष १७ को बिष्णु बि.क.को मृत्यु भएको छ । निज कामदारहरू बस्ने सडकको छेउमा बनाएको छाप्रो बाहिर पिसाव फेर्ने निस्किएकोमा लडि बेहोस अवस्थामा निजको बुवा मान बहादुर बि.क.ले देखि तत्काल उपचारको लागि शैलुङ स्वास्थ्य चौकीमा ल्याएका थिए । निज बि.क.को सामान्य उपचार पश्चात थप उपचारको लागी चरिकोट अस्पताल चरिकोटमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको भनि सोही अस्पतालको चिकित्सकले मृत घोषणा गर्नु भएको थियो । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार