त्रिशुली नदीको किनारमा मृत लाश फेला
२०७९-१०-२५
- A
- A-
- A+
नुवाकोट, बिदुर नगरपालिका-१ त्रिशुली बजार स्थित त्रिशुली
नदीको किनारमा सोहि स्थित बस्ने अन्दाजी वर्ष ८५ कि ज्ञानुमाया महर्जन मृत
अवस्थामा फेला परेकी छिन । निज महर्जनलाई स्थानियहरुले देखी प्रहरीलाई खबर गरेका
थिए । प्रहरीले उक्त लाश हेर्दा तातै रहेकोले एम्बुलेन्स द्धारा तत्काल जिल्ला
अस्पताल त्रिशुली नुवाकोट पठाईएकोमा अस्पतालले निज महर्जनलाई मृत घोषणा गरेको थियो
। प्रहरीले लाशजाँच मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।