निरीक्षण तथा निर्देशन
२०७९-१०-२२
- A
- A-
- A+

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक थापाले जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख थापाले जिल्ला प्रहरी कार्यालय चितवनको वस्तुस्थितिको जानकारी लिनुका साथै जिल्लाबाट सम्पादित पछिल्लो गतिविधीहरुको जानकारी लिनुभएको हो । निरीक्षण तथा अवलोकन भ्रमणपश्चात् प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक थापाले चितवन जिल्लाको भौगोलिक संवेदनशीलता लाई मनन गरी तस्करी नियन्त्रण गर्न, वस्तुनिष्ठ अपराध अनुसन्धान गर्न, फैसला कार्यान्वयन तथा पेण्डिङ मुद्दा फर्स्यौटलाई प्राथमिकता दिन र पीडितलाई केन्द्रबिन्दुमा राखी गुनासो रहित ढंगबाट प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको थियो ।