मकवानपुरमा एकको मृत्यु
२०७९-१०-१५
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२,
प्रभाकर पथ स्थित एक पुरूष व्यक्ति अचेत अवस्थामा फेला परेको थियो । अचेत अवस्थामा
फेला पर्ने जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-५, चिल्ड्रेन पार्क बस्ने ५५
वर्षीय राजकुमार दमाई थियो । निज राजकुमार दमाईलाई उपचारको लागि हेटौंडा
अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो । घटना सम्बन्धी थप अनुसन्धान
कार्य भईरहेको छ ।