लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०७९-१०-०८
- A
- A-
- A+
धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९, माझिमटार चौकी अगाडी पृथ्वीलोकमार्गमा प्रहरीले
लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । प्रहरी चौकी जोगिमाराबाट प्रहरी
निरीक्षकको कमाण्डमा खटिएको टोलीले काठमाण्डौबाट पोखरा जाँदै गरेको
बा.२.ख.१४१०.नं.को माईक्रोलाई चेकजाँच गर्ने क्रममा उक्त माईक्रोमा सावार जिल्ला धादिङ
धुनिबेसी नगरपालिका-३, बस्ने २३ वर्षीय निश्चल पुरीले बोकेको जेब्रा झोला भित्र अन्दाजी
४ किलो लागुऔषध गाँजा फेला परेका थिए । निज निश्चल पुरीलाई नियन्त्रणमा लिई थप
अनुसन्धान कार्य भईरहेको छ ।