प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०७९-१०-०६

  • A
  • A-
  • A+
Share

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९, माझिमटार चौकी अगाडी पृथ्वीलोकमार्गमा प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । प्रहरी चौकी जोगिमाराबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले काठमाण्डौबाट चितवन जाँदै गरेको बा.२.ग १४१० नं.को माईक्रोलाई चेकजाँच गर्ने क्रममा उक्त माईक्रोमा सवार जिल्ला स्याङ्जा भिरकोट नगरपालिका-२, बस्ने ३५ वर्षीय प्रेम गुरुङले बोकेको कालो झोला भित्र अन्दाजी २० किलो लागुऔषध गाँजा सहित ४९००० नगद फेला परेका थिए । निज प्रेम गुरुङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार