प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०९-२८

  • A
  • A-
  • A+
Share

सिन्धुली, घ्याङलेख गाउँपालिका-२ चालिसे बगर स्थित बस्ने ४० वर्षीय धन कुमार वाईबाको घरमा प्रहरीले लागुऔषध गाँजा अन्दाजी १ कि.जी. फेला पारेको छ । प्रहरीको सिभिल टोलीले विशेष सूचनाको आधारमा निज वाईवाको घरमा खोजतलाश गर्दा चामलको बोरा भित्र लुकाई छिपाई राखिएको अवस्थामा तौल गर्दा अन्दाजी १(एक) के.जी. लागु औषध गाँजा फेला परेको थियो । लागुऔषध गाँजा सहित निज वाईवालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
निरीक्षण तथा निर्देशन
२०७९-१०-२२

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक  थापाले  जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख थापाले जिल्ला प्रहरी कार्यालय चितवनको वस्तुस्थितिको जानकारी लिनुका साथै जिल्लाबाट सम्पादित पछिल्लो गतिविधीहरुको जानकारी लिनुभएको हो । निरीक्षण तथा अवलोकन भ्रमणपश्चात् प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक थापाले चितवन जिल्लाको भौगोलिक संवेदनशीलता लाई मनन गरी तस्करी नियन्त्रण गर्न, वस्तुनिष्ठ अपराध अनुसन्धान गर्न, फैसला कार्यान्वयन तथा पेण्डिङ मुद्दा फर्स्यौटलाई प्राथमिकता दिन र पीडितलाई केन्द्रबिन्दुमा राखी गुनासो रहित ढंगबाट प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको थियो ।

अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०७९-१०-२२

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक थापाले जिल्ला प्रहरी कार्यालय चितवन निरीक्षणको क्रममा चितवन जिल्ला स्थितका स्थानिय तहका जनप्रतिनिधी, समाजसेवी, राजनीतिक दल, संचारकर्मी, पूर्व प्रहरी तथा अमर प्रहरी परिवार, बिभिन्न संघ संस्थाका प्रतिनिधी, नागरिक समाजका बिभिन्न ब्यक्तिहरूसँग छलफल तथा अन्तरक्रिया गर्नुभएको छ । छलफलका क्रममा प्रदेशको शान्ति, सुरक्षाका विषयमा उठेका जिज्ञासाहरुको जवाफ दिँदै प्रदेश प्रहरी प्रमुख थापाले सबै सरोकारवाला निकाय र आम नागरिकहरुको सहकार्य र समन्वयमा मात्र प्रभावकारी शान्ति सुरक्षा कायम हुने र वस्तुनिष्ठ अपराध अनुसन्धान सम्भव हुने भएकाले निरन्तर सहयोग र समन्वय गर्दै अगाडि बढ्न सबै निकाय र नागरिक समाजका प्रतिनिधीहरुलाई आह्वान गर्नुभएको छ  ।