लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०९-२३
- A
- A-
- A+
धादिङ, गजुरी
गाउँपालिका-६ पोखरे खोला स्थित भित्री सडकखण्डमा प्रहरीले लागुऔषध गाँजा सहित
मानिस नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा प्रहरीले जहरेखेत भित्री कच्चि
सडकखण्डबाट पोखरे खोला तर्फ आउँदै गरेको बा १५ च ६९७७ नं.को कारलाई चेकजाँच गर्दा अन्दाजी
४३ के.जी. लागुऔषध गाँजा फेला परेको थियो । प्रहरीले कारसहित २ जना मानिसहरुलाई
नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।