मकवानपुरमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
२०७९-०९-१५
- A
- A-
- A+
मकवानपुर, बकैया गाउँपालिका-५ तिनतले स्थित धरानचतरा सडकखण्डमा हेटौडाबाट फापरबारी तर्फ जाँदै गरेको ना २२ प ९९७७ नं.को मोटरसाईकललाई सोही दिशा तर्फ जाँदै गरेको ना ७ ख १३५२ नं.को सिमेन्ट लोड ट्रकले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकल चालक हेटौडा-१८ फुर्केचौर बस्ने ३० वर्षीय बिक्रम भम्जनको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा ट्रक चालक जिल्ला बारा निजगढ नगरपालिका-९ बस्ने २५ वर्षीय सुर्य बहादुर घिमिरेको शरिररको बिभिन्न भागमा चोट, अवस्था मध्यम रहेको, सोहि ट्रकमा सवार सहचालक निजगढ-४ बस्ने अन्दाजी २०/२५ वर्षीय टोकल जिम्बाको टाउकोमा चोट, अवस्था गम्भिर रहेको र मोटरसाईकलमा सवार हेटौडा-१८ फुर्केचौर बस्ने अन्दाजी ३५/४० वर्षीय हिरामाया लोप्चनको शरिरको बिभिन्न भागमा चोट, अवस्था गम्भिर रहेको छ । घाईते भएका मानिसहरुको उपचार हेटौडा अस्पताल तथा चुरेहिल अस्पतालमा भईरहेकोमा ट्रकको सहचालक जिम्बाको थप उपचारको चितवन पुरानो cmc रिफर गरिएको छ । मोटरसाईकल चालक भम्जनको हेटौडा अपतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गर्नुभएको थियो । यस घटनाको बारेमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।