प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

२०७९-०९-१५

  • A
  • A-
  • A+
Share

मकवानपुर, बकैया गाउँपालिका-५ तिनतले स्थित धरानचतरा सडकखण्डमा हेटौडाबाट फापरबारी तर्फ जाँदै गरेको ना २२ प ९९७७ नं.को मोटरसाईकललाई सोही दिशा तर्फ जाँदै गरेको ना ७ ख १३५२ नं.को सिमेन्ट लोड ट्रकले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकल चालक हेटौडा-१८ फुर्केचौर बस्ने ३० वर्षीय बिक्रम भम्जनको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा ट्रक चालक जिल्ला बारा निजगढ नगरपालिका-९ बस्ने २५ वर्षीय सुर्य बहादुर घिमिरेको शरिररको बिभिन्न भागमा चोट, अवस्था मध्यम रहेको, सोहि ट्रकमा सवार सहचालक निजगढ-४ बस्ने अन्दाजी २०/२५ वर्षीय टोकल जिम्बाको टाउकोमा चोट, अवस्था गम्भिर रहेको र मोटरसाईकलमा सवार हेटौडा-१८ फुर्केचौर बस्ने अन्दाजी ३५/४० वर्षीय हिरामाया लोप्चनको शरिरको बिभिन्न भागमा चोट, अवस्था गम्भिर रहेको छ । घाईते भएका मानिसहरुको उपचार हेटौडा अस्पताल तथा चुरेहिल अस्पतालमा भईरहेकोमा ट्रकको सहचालक जिम्बाको थप उपचारको चितवन पुरानो cmc रिफर गरिएको छ । मोटरसाईकल चालक भम्जनको हेटौडा अपतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गर्नुभएको थियो । यस घटनाको बारेमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
अमेरिकी डलर सहित मानिस नियन्त्रणमा
२०८३-०२-१०

रसुवा, उत्तरगया गाउँपालिका वडा नं. ५ बेत्रावती बजार स्थित पासाङ ल्हामु सडक खण्डमा नियमित सवारी साधनहरु चेक जाँच गर्ने क्रममा काठमाण्डौबाट टिमुरे तर्फ जाँदै गरेको बा.प्र.०१००६ ख ९५१५ नं.को यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा सवार मित्रराष्ट्र चीनको मानसरोवरको लागी जादैँ गरेको भारतिय नागरीकहरु ३० जनाको ग्रुपको गाईड जिल्ला धादिङ गंगाजमुना गाउँपालिका वडा नं.५ बस्ने बर्ष ३७ को सुशिल गुरुङको साथबाट अमेरीकी डलर १०० को ३६३ वटा, ५० को ११२ वटा, २० को २९ वटा,१० को ५० वटा, ५ को ३ वटा र १ को ५ वटा गरी जम्मा ४३,०००।– (त्रिचालिस हजार मात्र) अमेरिकी डलर फेला पारि निज गाईड र उक्त परिमाणको अमेरीकी डलर सहित नियन्त्रणमा लिएको मानिस र उक्त परिमाणको अमेरीकी डलरलाई थप अनुसन्धान कार्यको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाएको ।

लागु औषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-०८

सिन्धुली, कमलामाई नगरपालिका वडा नं.०९ भिमान सिन्धुली चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडक खण्डमा इलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दीबासबाट संयुक्त प्रहरी चेकिङ टोलीले झापाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.४ ख ५५०० नं. को हायसमा  सवार जिल्ला सोलुखुम्बु दुधकण्ड नगरपालिका वडा-२ बस्ने बर्ष अन्दाजी- २६ को विक्रम श्रेष्ठको साथमा रहेको झोलामा लागु औषध (खैरो हिरोईन) जस्तो देखिने गिलो पदार्थ तौल १०० ग्राम ४२०मिलिग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।