प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

महेन्द्र पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु

२०७९-०९-०८

  • A
  • A-
  • A+
Share

चितवन, राप्ती नगरपालिका-२ गड्यौलि स्थित पुर्ब पश्चिम राजमार्गमा महेन्द्र पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । पुर्बबाट नारायणगढ तर्फ आउँदै गरेको प्र.२-०३-००१ च १७९२ नं.को महेन्द्र पिकअप पैदल यात्री देश भारत घर भई हाल सोहि गड्यौलि बस्ने अब्दुल मसिनको छोरा ९ वर्षीय महमद एकलासलाई ठक्कर दिएको थियो । उक्त पिकअपको ठक्करबाट निज बालकको टाउकोमा चोट, अवस्था सिरियस रहेको थियो । घाईते भएका बालक एकलासको उपचार पुरानो मेडिकल कलेज भरतपुर भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार