प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

महेन्द्र पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु

२०७९-०९-०८

  • A
  • A-
  • A+
Share

चितवन, राप्ती नगरपालिका-२ गड्यौलि स्थित पुर्ब पश्चिम राजमार्गमा महेन्द्र पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । पुर्बबाट नारायणगढ तर्फ आउँदै गरेको प्र.२-०३-००१ च १७९२ नं.को महेन्द्र पिकअप पैदल यात्री देश भारत घर भई हाल सोहि गड्यौलि बस्ने अब्दुल मसिनको छोरा ९ वर्षीय महमद एकलासलाई ठक्कर दिएको थियो । उक्त पिकअपको ठक्करबाट निज बालकको टाउकोमा चोट, अवस्था सिरियस रहेको थियो । घाईते भएका बालक एकलासको उपचार पुरानो मेडिकल कलेज भरतपुर भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-११

चितवन, राप्ती नगरपालिका-८ स्थितमा थ्री ग्रुपबाट बिरेन्द्रनगर तर्फ आउँदै गरेको ना ७ प ६५१९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिएको देखि ईलाका प्रहरी कार्यालय भण्डराबाट खटिएको प्रहरी टोलीले मोटरसाईकललाई उठाउन जाँदा उक्त मोटरसाईकलमा सवार जिल्ला चितवन, भरतपुर महानगरपालिका-४ बस्ने २२ वर्षीय सोम बहादुर लामा र जिल्ला चितवन, राप्ती नगरपालिका-८, थ्री ग्रुप बस्ने वर्ष १४ को अमर सुनारले बोकेको जेब्रा झोला शंका लागि चेकजाँच गर्दा झोला भित्र लुकाई छिपाई ल्याएको २ किलोग्राम लागुऔषध गाँजा फेला परेकोले मोटरसाईकल, लागुऔषध गाँजा सहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध चरेश सहित मानिस नियन्त्रणमा
२०८१-०१-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानी स्थित ईलाका प्रहरी कार्यालय, नेवारपानी कार्यालय अगाडी चेक प्वाईन्टमा  ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको टोलीले काठमाडौंबाट बिरगंज तर्फ आउँदै गरेको ना ७ ख २०१८ नम्बरको बसलाई  शंका लागि चेकजाँच गर्दा उक्त बसमा सवार जिल्ला धादिङ, गजुरी गाउँपालिका-८ बस्ने अन्दाजी ३३ वर्षीय चिन बहादुर डिमडुङ तामाङले आफु बसेका सिटमुनि जेब्रा झोलामा लुकाई छिपाई राखेको लागुऔषध चरेश अन्दाजी ६ किलो ९०० ग्राम फेला पारी निजलाई लागुऔषध चरेश सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।