प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा करेन्ट सर्ट भई आगलागि

२०७९-०९-०७

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, जुगल गाउँपालिका-४ मान्जे बस्ने सुसिला सिलवालको घर संगै जोडेर बनाएको कटेज भित्र अचानक करेन्ट सर्ट भई आगलागी भएको छ । आगलागिबाट उक्त कटेज भित्र पार्किङ गरी राखेको चौतारा साँगाचोकगढी नगरपालिका-५ बस्ने साजन श्रेष्ठको बा.प्र.०२-०१९प ७०४२ नं. को १२५ सि.सि.को निलो स्कुटर पुर्ण रुपमा जली क्षती भएको, जुगल गाउँपालिका-२ लिदी बस्ने सुनलाल दोङको बा.प्र.०२- ०२१प ४१३८ नं.को २२० सि.सि.को रातो पल्सर मोटरसाईकलको अगाडीको भाग जली क्षती भएको, निज सुसिला सिलवालको अन्दाजी मुल्य रु.२०,०००(बिस हजार) बराबरको कटेज र चौपायमा कुखुरा १ चल्ला ४ जली क्षती हुँदा जम्मा अन्दाजी मुल्य रु. १८८,०००(एक लाख अठासी हजार) बराबरको क्षती भएको छ । आगलागिबाट कुनै मानविय क्षती नभएको, उक्त आगलागि स्थानियको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको हो । यस घटनाको बारेमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार