१२००० भोल्टको बिजुलीबाट करेन्ट लागि मानिस गम्भिर घाईते
२०७९-०९-०६
- A
- A-
- A+
मकवानपुर, हेटौडा उप-महानगरपालिका-४ कर्रा स्थितमा १२००० भोल्टको बिजुलीको पोलमा चडी CB नेटको तार जोडने क्रममा सोहि नेटको कर्मचारीलाई
करेन्ट लागि गम्भिर घाईते भएका छन । घाईते हुने मानिस जिल्ला काभ्रे चौरी देउरालि
गाउँपालिका-२ घर भई उक्त CB नेटको काम गर्ने २८ वर्षीय सोम
प्रधान रहेका छन । निज १२००० भोल्टको बिजुलीको पोलमा चडी CB नेटको
तार जोडने क्रममा अचानक करेन्ट लागि तल खस्न गई घाईते भएका थिए । घाईते प्रधानको
उपचार हेटौडा अस्पतालमा भईरहेको छ । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य
भईरहेको छ ।