प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

१२००० भोल्टको बिजुलीबाट करेन्ट लागि मानिस गम्भिर घाईते

२०७९-०९-०६

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उप-महानगरपालिका-४ कर्रा स्थितमा १२००० भोल्टको बिजुलीको पोलमा चडी CB नेटको तार जोडने क्रममा सोहि नेटको कर्मचारीलाई करेन्ट लागि गम्भिर घाईते भएका छन । घाईते हुने मानिस जिल्ला काभ्रे चौरी देउरालि गाउँपालिका-२ घर भई उक्त CB नेटको काम गर्ने २८ वर्षीय सोम प्रधान रहेका छन । निज १२००० भोल्टको बिजुलीको पोलमा चडी CB नेटको तार जोडने क्रममा अचानक करेन्ट लागि तल खस्न गई घाईते भएका थिए । घाईते प्रधानको उपचार हेटौडा अस्पतालमा भईरहेको छ । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।  

सम्बन्धित समाचार