यात्रुवाहक बसले ठक्कर दिदा १ जनाको मृत्यु
२०७९-०९-०६
- A
- A-
- A+
मकवानपुर,
मनहरी गाउँपालिका-९ खरङगा स्थित पुर्व पश्चिम सडक खण्डमा सवारी दुर्घटनामा परी १
जनाको मृत्यु भएको छ । मृत्यु हुने जिल्ला भोजपुर भोजपुर नगरपालिका-७ कोदार बस्ने ४५
वर्षीय सिता मिजार रहेकी छिन । निज मिजार काकडभिट्टा बाट स्याङजातर्फ जाँदै गरेको
ना५ख ६१०३ नं.को बसमा सवार भई आएकोमा सोहि स्थानमा चिया खान रोकिएको अवस्थामा बाटो
क्रस गर्ने क्रममा झापाबाट पोखरातर्फ आउँदै गरेको लु२ख ४६०७ नं.को यात्रुवाहक बसले
ठक्कर दिदा घाईते भई उपचारको लागि चुरेहिल अस्पताल हेटौडातर्फ पठाएकोमा उपचारको
क्रममा मृत्यु भएको हो । निजको टाउकोमा चोट, अवस्था गम्भिर रहेको थियो । यस घटनाको
सम्बन्धमा आवश्यक थप अनुसन्धान कार्य भईरहेको छ ।