सिन्धुपाल्चोकमा किराना पसलमा चोरी
२०७९-०९-०३
- A
- A-
- A+
सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-४ नौबिसे बस्ने ४४ वर्षीय बलराम भण्डारीको किराना पसलमा चोरी भएको छ । पसल भित्र टिनको ट्याङ्कामा राखिएको सुनको गरगहना र नगद चोरी भएको छ । चोरले रातको समयमा घरको किराना पसलको ढोकाको भित्रको लक बाहिरबाट ढकेली खुस्काई किराना पसल भित्र प्रवेश गरी किराना पसल भित्र राखिएको टिनको ट्याङ्काको लक खुस्काई ट्याङ्का भित्र रहेको उक्त गहना र नगद चोरेको हो । चोरी भएको सुनको गरगहाना सिक्री, तिलहरी (२ वटा), रिङ (१ जोर), मंगलशुत्र, औठी गरी अन्दाजी ६ टोला र नगद रू. २०,०००/- (बीस हजार) गरी जम्मा रू. ६५०,०००(छ लाख पचास हजार) बराबरको धनमाल चोरले चोरी गरेको छ । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।