प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा किराना पसलमा चोरी

२०७९-०९-०३

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-४ नौबिसे बस्ने ४४ वर्षीय बलराम भण्डारीको किराना पसलमा चोरी भएको छ । पसल भित्र टिनको ट्याङ्कामा राखिएको सुनको गरगहना र नगद चोरी भएको छ । चोरले रातको समयमा घरको किराना पसलको ढोकाको भित्रको लक बाहिरबाट ढकेली खुस्काई किराना पसल भित्र प्रवेश गरी किराना पसल भित्र राखिएको टिनको ट्याङ्काको लक खुस्काई ट्याङ्का भित्र रहेको उक्त गहना र नगद चोरेको हो । चोरी भएको सुनको गरगहाना सिक्री, तिलहरी (२ वटा), रिङ (१ जोर), मंगलशुत्र, औठी गरी अन्दाजी ६ टोला र नगद रू. २०,०००/- (बीस हजार) गरी जम्मा रू. ६५०,०००(छ लाख पचास हजार) बराबरको धनमाल चोरले चोरी गरेको छ । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८३-०४-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर स्थित पोखराबाट काकंडभिट्टा आउँदै गरेको ना २ ख.२२९३ नं. को बस खाना खानको लागि माउन्ट दिपज्योती भोजनालयमा रोकि खाना खाई गन्तब्य तर्फ जाने क्रममा सोही स्थानमा बसको अन्तिम सिट नजिकै बसको भित्र १ वटा सेतो बोरा र १ वटा कालो झोला शंकास्मद अवस्थामा देखि बसको कन्टेक्टरले तत्कालै जानकारी गराउना साथ जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई हेर्दा सेतो बोरा र कालो झोला भित्र लागुऔषध गाँजा २६ किलोग्राम २० ग्राम फेला परेको । लागुऔषध सहित जिल्ला मकवानपुर मनहरी गाउँपालिका-३, पाल दमार बस्ने वर्ष अन्दाजी २२ को समिर मोक्तान र सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर बस्ने वर्ष अन्दाजी २० को आशिष लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।