प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा आगलागी

२०७९-०८-२९

  • A
  • A-
  • A+
Share

मकवानपुर, भिमफेदी गाउँपालिका-९, अघोर महाविर डाँडा बस्ने ७० वर्षीय अर्जुन बहादुर थिङको घरमा आगलागी  भएको छ । आगो बाख्रालाई कुडो पकाउने क्रममा एक्कासी लागेको थियो । उक्त आगलागीबाट घरमा रहेको सुनको तिलहरी १ थान, कानमा लगाउने ढुंग्री १ थान, गरि जम्मा २ तोला बराबरको सुन जलेको, आलु, लत्ताकपडा लगायत अन्य सामानहरू र घर पूर्ण रूपमा जलि नष्ट हुँदा अन्दाजी रू. ८,००,०००।- (आठ लाख बराबरको) क्षति भएको छ । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार