प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

भवन उद्घाटन सम्पन्न

२०७९-०८-२८

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको परिसरमा नवनिर्मित क्वाटर गार्ड, आन्तरिक प्रशिक्षणालय, प्रशिक्षार्थी ब्यारेक र भान्छाघरको उद्‍घाटन कार्यक्रम सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रमका बीच नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहज्यूको प्रमुख आतिथ्यतामा नवनिर्मित भवनहरुको उद्‍घाटन कार्यक्रम सम्पन्न भएको छ । भवन उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले भौतिक पूर्वाधारको विकासले प्रहरी तालिम केन्द्रमा संचालन हुने प्रशिक्षण लगायतका गतिबिधीहरु अझ ब्यवस्थित र प्रभावकारी तवरले संचालन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल सरकारको नियमित बजेटबाट निर्माण सम्पन्न भएको उक्त भवन उद्‍घाटन समारोहमा दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारी, उप प्रमुख चन्द्र किशोर थारु, नेपाली सेनाका सहायक रथी शक्ति जंग बस्नेत, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य, मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक मसउद आलम खाँ, अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरु, स्थानिय तहका जनप्रतिनिधी, विभिन्न संघ संस्थाका प्रतिनिधी, संचारकर्मी लगायत अन्य स्थानियहरुको समेत सहभागिता रहेको थियो । 

सम्बन्धित समाचार
अमेरिकी डलर सहित मानिस नियन्त्रणमा
२०८३-०२-१०

रसुवा, उत्तरगया गाउँपालिका वडा नं. ५ बेत्रावती बजार स्थित पासाङ ल्हामु सडक खण्डमा नियमित सवारी साधनहरु चेक जाँच गर्ने क्रममा काठमाण्डौबाट टिमुरे तर्फ जाँदै गरेको बा.प्र.०१००६ ख ९५१५ नं.को यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा सवार मित्रराष्ट्र चीनको मानसरोवरको लागी जादैँ गरेको भारतिय नागरीकहरु ३० जनाको ग्रुपको गाईड जिल्ला धादिङ गंगाजमुना गाउँपालिका वडा नं.५ बस्ने बर्ष ३७ को सुशिल गुरुङको साथबाट अमेरीकी डलर १०० को ३६३ वटा, ५० को ११२ वटा, २० को २९ वटा,१० को ५० वटा, ५ को ३ वटा र १ को ५ वटा गरी जम्मा ४३,०००।– (त्रिचालिस हजार मात्र) अमेरिकी डलर फेला पारि निज गाईड र उक्त परिमाणको अमेरीकी डलर सहित नियन्त्रणमा लिएको मानिस र उक्त परिमाणको अमेरीकी डलरलाई थप अनुसन्धान कार्यको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाएको ।

लागु औषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-०८

सिन्धुली, कमलामाई नगरपालिका वडा नं.०९ भिमान सिन्धुली चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडक खण्डमा इलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दीबासबाट संयुक्त प्रहरी चेकिङ टोलीले झापाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.४ ख ५५०० नं. को हायसमा  सवार जिल्ला सोलुखुम्बु दुधकण्ड नगरपालिका वडा-२ बस्ने बर्ष अन्दाजी- २६ को विक्रम श्रेष्ठको साथमा रहेको झोलामा लागु औषध (खैरो हिरोईन) जस्तो देखिने गिलो पदार्थ तौल १०० ग्राम ४२०मिलिग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।