प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

पृथ्वीलोक मार्गमा सवारी दुर्घटना

२०७९-०८-२७

  • A
  • A-
  • A+
Share

धादिङ, थाक्रे गाउँपालिका-१ ढाडेस्थित पृथ्वीलोक मार्गमा काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको बा.२.ज१२८४ नं.को ट्याक्सीले बिपरित दिशाबाट आउँदै गरेको बा.२.ख २५६२ नं.को माईक्रोलाई ठक्कर दिदा ट्याक्सीमा सवार ३ जना घाईते भई स्थानिय मेडिकलबाट सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौं तर्फ पठाएको । निज ३ जना मध्ये २ जनाको अवस्था समान्य रहेको तथा ट्याक्सी चालक जिल्ला सिन्धुपाल्चोक बलेफी गाउँपालिका बस्ने ४१ वर्षीय मान बहादुर खडकालाई छातीमा चोट लागि चिन्ताजनक अवस्थामा रहेको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।   


सम्बन्धित समाचार