पृथ्वीलोक मार्गमा सवारी दुर्घटना
२०७९-०८-२७
- A
- A-
- A+
धादिङ, थाक्रे गाउँपालिका-१ ढाडेस्थित पृथ्वीलोक मार्गमा
काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको बा.२.ज१२८४ नं.को ट्याक्सीले बिपरित दिशाबाट आउँदै
गरेको बा.२.ख २५६२ नं.को माईक्रोलाई ठक्कर दिदा ट्याक्सीमा सवार ३ जना घाईते भई
स्थानिय मेडिकलबाट सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौं तर्फ पठाएको ।
निज ३ जना मध्ये २ जनाको अवस्था समान्य रहेको तथा ट्याक्सी चालक जिल्ला
सिन्धुपाल्चोक बलेफी गाउँपालिका बस्ने ४१ वर्षीय मान बहादुर खडकालाई छातीमा चोट
लागि चिन्ताजनक अवस्थामा रहेको । घटना सम्बन्धी थप
अनुसन्धान कार्य भईरहेको ।