सुनकोशी नदी किनारमा मानिस मृत अवस्थामा फेला
२०७९-०८-२६
- A
- A-
- A+
काभ्रे, भुम्लु गाउँपालिका-७ उग्रेनी घाट सुनकोशी नदी किनारमा पाँचखाल नगरपालिका-१० रानिपानी बस्ने ७९ वर्षीय खडा नन्द
पराजुली मृत अवस्थामा फेला परेका छन । निज मिति २०७९।०८।२५ गते अन्दाजी
१२:०० बजे काठमाण्डौ जडिबुटीबाट हराएको थिए । निजका आफन्तहरूले प्रहरीलाई जानकारी गराए पश्चात आफन्त
र प्रहरीको संयुक्त रूपमा खोजतलाश गर्ने क्रममा निज पराजुली उग्रेनी घाट सुनकोशी
नदीको किनारमा मृत अवस्थामा फेला परेका थिए । यस घटनाको सम्बन्धमा थप अनुसन्धान
कार्य भईरहेको छ ।