प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०७९-०८-२५

  • A
  • A-
  • A+
Share

दोलखा, तामाकोसी गाउँपालिका-३ जफे बस्ने ४८ वर्षीय रामकाजी राना मृत अवस्थामा फेला परेका छन । निज आफ्नै घरको पछाडीपट्टी करेसामा लडी बेहोस अवस्थामा निजको छोरीले देखी तत्काल उपचारको लागी स्वास्थ्य चौकी जफेमा सामान्य उपचार पश्चात थप उपचारको लागी चरिकोट अस्पताल ल्याउनासाथ चिकित्सकले निज रानालाई मृत घोषणा गरको थियो । यस घटनाको सम्वन्धमा थप अनुसन्धान कार्य भईरहेलको छ । 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०८-०४

चितवन, राप्ती नगरपालिका-१ लोथर स्थित प्रहरी चेकिङ पोइन्टमा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा हेटौंडाबाट चितवन तर्फ आउँदै गरेको NL 0107792 नम्बरको भारतीय कन्टेनरको अगाडि भागको ड्राइभर सिटको पछाडि क्याबिनमा False Bottom मा लुकाई छिपाई गरी ल्याउँदै गरेको लागू औषध (गाँजा)  तौल गर्दा ४४३ के.जि  सहित सवारी साधन, उक्त कन्टेनरमा सवार चालक देश भारत बैशाली जिल्ला ग्राम चर्खाजे बस्ने वर्ष २४ को सत्यम कुमार र सह-चालक सोही स्थान  बाबन घाट बस्ने वर्ष २० को रौनक कुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।