प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

२०७९-०८-२४

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा नि:शुल्क स्वास्थ सिविर सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघ र सशस्त्र प्रहरी परिवार महिला संघको संयुक्त आयोजना तथा कलेज अफ मेडिकल साईन्सेस चितवनसँगको सहकार्यमा उक्त सिविर सम्पन्न भएको हो । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुम लता सिंह प्रमुख अतिथ्यता तथा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याल र बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यको विशिष्ट आतिथ्यतामा उक्त स्वास्थ्य सिविर सम्पन्न भएको हो ।

शिविरमा नि:शुल्क भिडियो ऐक्स-रे तथा  इसिजी सेवा,  मृगौला तथा मुत्ररोग परीक्षण, रक्तचाप तथा मधुमेह परीक्षण, छाला सम्बन्धी परीक्षण, हाड जोर्नी तथा नशा सम्बन्धी परीक्षण र स्त्री तथा प्रसुती रोगसम्बन्धी परीक्षण गरिएको थियो । स्वास्थ्य जाँच पश्चात् नि:शुल्क औषधी समेत वितरण गरिएको थियो ।

नि:शुल्क स्वास्थ्य सिविरमा नेपाल प्रहरीका २ सय ३१ जना तथा सशस्त्र प्रहरी वल नेपालका ४५ जना सकल दर्जाका कर्मचारीहरू तथा १५ जना प्रहरी कर्मचारी परिवारका सदस्य गरी २ सय ९१ जनाले नि:शुल्क स्वास्थ्य सेवा लिनुभएको थियो । जसमा महिलाको संख्या ७३ जना र पुरुषको संख्या २ सय १८ जना रहेको थियो ।

मिति २०४१ साल भाद्र ४ गते नेपाल प्रहरी श्रीमती संघ नामक मुनाफा रहित संस्थाको स्थापना भएको हो । स्थापना कालदेखि नै संस्थाले प्रहरी परिवारका महिलाहरूको मात्र नभै समग्र महिलाहरूको सिप विकासआय आर्जन, स्वास्थ्य, शिक्षा, क्षमता अभिवृद्धि जस्ता विभिन्न बिषयहरूमा सचेतनाको लागी कार्यक्रमहरू संचालन गर्दै आईरहेको छ । यसका साथै संस्थाले अमर प्रहरी परिवारघाईतेदिर्घरोगी प्रहरी कर्मचारीका सन्ततिलाई छात्रवृत्तिआर्थिक सहयोगसहारा विहिन वृद्ध वृद्धाहरूलाई राहत सहयोग तथा समय समयमा नि:शुल्क स्वास्थ्य शिविर पनि सचालन गर्दै आईरहेको छ ।

नेपाल प्रहरी श्रीमती संघको सक्रियतामा हालसालै बहालवाला प्रहरी कर्मचारी, निजका परिवारजन, अमर प्रहरी परिवार र पूर्व प्रहरी परिवारको स्वास्थ्य उपचार सेवामा छुट प्रदान गर्न चितवन मेडिकल कलेज शिक्षण अस्पताल र मेघा अस्पतालसँग सम्झौता पत्रमा हस्ताक्षर भई कार्यान्वयन समेत भईरहेको छ । त्यसैगरी शैक्षिक छात्रवृत्ति प्रदान गर्न देशका विभिन्न शैक्षिक संस्थाहरूसँग समेत सम्झौता भई कार्यान्वयनको चरणमा रहेको छ ।  

सम्बन्धित समाचार
नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेशद्वारा आयोजित विभिन्न कार्यक्रमहरु सम्पन्न
२०८१-०१-०५

    नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेशद्वारा आयोजित कार्यक्रमहरुमा नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाण्डौंका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रमको पहिलो चरणमा हेटौंडा उपमहानगरपालिका वडा नं. १० मा अवस्थित भूटनदेवी मन्दिर परिसरको सरसफाई कार्यक्रम भएको थियो । त्यसैगरी दोस्रो चरणमा नेपाल प्रहरी श्रीमती संघ हेटौंडाको कार्यालय शुभारम्भ, कार्य समितिका पदाधिकारीज्यूलाई पदवाहाली, रक्तदान कार्यक्रम शुभारम्भ एवं ग्रामीण जीवनस्तर सुधार मञ्च हाम्रो बाल गृह मकवानपुरमा खाद्यन्न तथा स्टेशनरीका सामाग्री वितरण समेत भएको थियो ।         उल्लेखित कार्यक्रमहरुमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी.ज्यू, नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेश हेटौंडाका अध्यक्ष श्रीमती सबिना सिल्वालज्यू, प्रहरी उपरीक्षकज्यूहरु, नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाण्डौका पदाधिकारीज्यूहरु, नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेश हेटौंडाका कार्य समितिका पदाधिकारीज्यूहरु, प्रहरी नायव उपरीक्षकज्यूहरु, प्रहरी निरीक्षकज्यूहरु, रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका पदाधिकारीज्यूहरु, जुनियर प्रहरी अधिकृतहरु, प्रहरी हवल्दार तथा जवानहरूको उपस्थिति रहेको थियो  ।        रक्तदान कार्यक्रममा ५८ जना प्रहरी कर्मचारीहरूले रक्तदान गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेश हेटौंडाका अध्यक्ष श्रीमती सबिना सिल्वालज्यूबाट नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाण्डौंका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।