प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

आगलागीबाट लाखौंको क्षति

२०७९-०८-२२

  • A
  • A-
  • A+
Share

दोलखा, बैतेश्वर गाउँपालिका-५ लक्ष्यबेसी बस्ने ७४ वर्षीय ठुलीकान्छी राउत को घरमा अचानक आगलागी भएको छ । उक्त आगो घरदेखि अन्दाजी १० मिटर नजिकै रहेको मन्दिरमा बालेको धुप परालमा सल्कन गई घरमा आग लागि भएको हो । आगलागीबाट निजको छोरा सुमन राउतको घर समेत जलेको छ । आगोबाट कुनै मानविय, चौपाय क्षती भएको छैन भने दुबै घरभित्र रहेको अन्नपात, भांडाबर्तन, लत्ताकपडा र घरसमेत गरी अन्दाजी रु.१७,००,०००।– (सत्र लाख) बराबरको धनमाल जलि नष्ट भएको छ । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार