प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा घाईते अवस्थामा फेला

२०७९-०८-१९

  • A
  • A-
  • A+
Share

धादिङ, निलकण्ठ नगरपालिका-३, पहरेचौतारा स्थित बस्ने ५६ वर्षीय सुनि सिहं तामाङ साथीलाई भेट्न हिडेको धेरै समयसम्म घर नआएको हुंदा आफन्तले खोजतलास गर्दै जाने क्रममा साङकोस स्थित अप्सरा गाउंमा घाईते अवस्थामा फेला परि जिल्ला अस्पताल धादिङमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाण्डौ तर्फ पठाएको,अनुहार तथा शरिरको विभिन्न भागमा चोट,अवस्था गम्भीर । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०८-०४

चितवन, राप्ती नगरपालिका-१ लोथर स्थित प्रहरी चेकिङ पोइन्टमा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा हेटौंडाबाट चितवन तर्फ आउँदै गरेको NL 0107792 नम्बरको भारतीय कन्टेनरको अगाडि भागको ड्राइभर सिटको पछाडि क्याबिनमा False Bottom मा लुकाई छिपाई गरी ल्याउँदै गरेको लागू औषध (गाँजा)  तौल गर्दा ४४३ के.जि  सहित सवारी साधन, उक्त कन्टेनरमा सवार चालक देश भारत बैशाली जिल्ला ग्राम चर्खाजे बस्ने वर्ष २४ को सत्यम कुमार र सह-चालक सोही स्थान  बाबन घाट बस्ने वर्ष २० को रौनक कुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।