टिपरको ठक्करबाट पैदल यात्रीको मृत्यु
२०७९-०८-१८
- A
- A-
- A+
काभ्रे, बनेपा नगरपालिका-८, स्थित बनेपाबाट धुलीखेल तर्फ जाँदै गरेको बा ४ ख ५३२४ नं. को टिपरले पैदल यात्रीलाई ठक्कर दिँदा मृत्यु भएको छ । मृत्यु हुने जिल्ला काभ्रे पनौती नगरपालिका-७, बस्ने ५८ वर्षीय विश्वनाथ उलख रहेका छन् । निजलाई टिफरले ठक्कर दिँदा घाईते भई उपचारको लागि सिरमेमोरीयल अस्पताल लगिएको, अवस्था गम्भिर भएकोले काठमाण्डौ भ्याली न्युउरो अस्पताल सुनधारा पुर्याउँदा डाक्टरले मृत घोषणा गरेको । टिपर र चालक ईलाका प्रहरी कार्यालय, बनेपाको नियन्त्रणमा ।