कारभित्र मानिस मृत अवस्थामा फेला
२०७९-०८-१५
- A
- A-
- A+
चितवन,
भरतपुर महानगरपालिका-२० स्थित थारु चुलो होटलको पार्किङमा रहेको बा१८च ५७५० नं. को
कारमा कार चालक जिल्ला नुवाकोट लिखु गाउँपालिका-५ थानसेनबेशी बस्ने अन्दाजी ३७/३८ वर्षीय
बिनोद मानन्धर मृत अवस्थामा फेला परेका छन । उक्त कारमा ३ जना मानिसहरु आई २ जना
होटलको रुममा बसेको र कार चालक खाना खाई होटलको पार्किङमा कार पार्कीङ गरी कारमै
सुतेकोमा निज चालक बिनोद मानन्धर कार भित्रै मृत अवस्थामा फेला परेका थिए । यस
घटनाको सम्बन्धमा आवश्यक थप अनुसन्धान कार्य भईरहेको छ ।