प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटना

२०७९-०८-१४

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-८ हर्दिया पुल स्थित बि.पि.राजमार्गमा सवारी दुर्घटनामा परी जिल्ला खोटाङ खोटाङ गाउँपालिका-३ बस्ने २६ वर्षीय सबिन तामाङ गम्भिर घाईते भएका छन । दुर्घटना भिमान तर्फबाट सिन्धुली तर्फ जाँदै गरेको बा ७ च ५१७० नं.को बोलेरो पेट्रोल पम्पमा तेल हाल्न जाने क्रममा सोहि दिशा तर्फ जाँदै गरेको बा ५९ प ६८१६ नं.को मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाईकल चालक सबिन तामाङको बाया खुट्टा, चिउडोमा चोट लागि गम्भिर घाइते भएका छन । घाईतेको उपचार सिन्धुली जिल्ला अस्पतालमा भईरहेको छ । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
अमेरिकी डलर सहित मानिस नियन्त्रणमा
२०८३-०२-१०

रसुवा, उत्तरगया गाउँपालिका वडा नं. ५ बेत्रावती बजार स्थित पासाङ ल्हामु सडक खण्डमा नियमित सवारी साधनहरु चेक जाँच गर्ने क्रममा काठमाण्डौबाट टिमुरे तर्फ जाँदै गरेको बा.प्र.०१००६ ख ९५१५ नं.को यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा सवार मित्रराष्ट्र चीनको मानसरोवरको लागी जादैँ गरेको भारतिय नागरीकहरु ३० जनाको ग्रुपको गाईड जिल्ला धादिङ गंगाजमुना गाउँपालिका वडा नं.५ बस्ने बर्ष ३७ को सुशिल गुरुङको साथबाट अमेरीकी डलर १०० को ३६३ वटा, ५० को ११२ वटा, २० को २९ वटा,१० को ५० वटा, ५ को ३ वटा र १ को ५ वटा गरी जम्मा ४३,०००।– (त्रिचालिस हजार मात्र) अमेरिकी डलर फेला पारि निज गाईड र उक्त परिमाणको अमेरीकी डलर सहित नियन्त्रणमा लिएको मानिस र उक्त परिमाणको अमेरीकी डलरलाई थप अनुसन्धान कार्यको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाएको ।

लागु औषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-०८

सिन्धुली, कमलामाई नगरपालिका वडा नं.०९ भिमान सिन्धुली चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडक खण्डमा इलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दीबासबाट संयुक्त प्रहरी चेकिङ टोलीले झापाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.४ ख ५५०० नं. को हायसमा  सवार जिल्ला सोलुखुम्बु दुधकण्ड नगरपालिका वडा-२ बस्ने बर्ष अन्दाजी- २६ को विक्रम श्रेष्ठको साथमा रहेको झोलामा लागु औषध (खैरो हिरोईन) जस्तो देखिने गिलो पदार्थ तौल १०० ग्राम ४२०मिलिग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।