प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा नियन्त्रणमा

२०७९-०८-१४

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-६ कत्लेखोला स्थित पुर्व पश्चिम सडक खण्डमा प्रहरीले लागुऔषध गाँजा लोड गर्दै गरेको अवस्थामा WB59C6735 नं.को ईन्डियन ट्रक नियन्त्रणमा लिएको छ । विषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय, मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा र सशस्त्र प्रहरी बल IRT पोष्ट कत्लेखोला मकवानपुरबाट सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको संयुक्त टोलिले नियन्त्रणमा लिएको हो । ट्रकभित्र पलास्टिको बोरामा प्याक गरि लुकाई छिपाई राखेको १२ वटा पोका लागुऔषध गाँजा तौल गर्दा ७९ के.जि. फेला परेको थियो । प्रहरीले लागुऔषध गाँजा सहित ट्रक नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार