सवारी दुर्घटना
२०७९-०८-०९
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-६, गौरीटार स्थित धरान चतरा सडक खण्डमा मोटरसाईकललाई ठक्कर दिँदा एक युवकको मृत्यु र एक जना गम्भीर घाइते भएका छन् । फुर्केचौरबाट हेटौंडा बजार आउँदै गरेको ना ४ ख ९००२ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको बा ९९ प २९८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार २ जना गम्भीर घाइते भई उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा हेटौंडा–१८ हर्नामाडीका २८ वर्षीय आशिष ढकालको मृत्यु भएको, सोही ठाउँका २९ वर्षीय दिपु लामा गम्भीर घाइते भएका छन् । बस चालक जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको ।