प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घट्ना

२०७९-०८-०६

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगपालिका-८, कमाने स्थित भित्री सडक खण्डमा हरियाली बाट औधोगिक क्षेत्र तर्फ आउँदै गरेको बा.प्र.०३ ००४ प ११८४ न.को  मोटरसाईकलले  सोहि बस्ने १६ वर्षीय राजु खतिवडाको छोरा अन्दाजी-७ वर्षीय प्रतिक खतिवडालाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिंदा घाईते भई उपचारको लागि काठमाण्डौ लगेको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार
लागुऔषध चरेश सहित मानिस नियन्त्रणमा
२०८१-०१-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानी स्थित ईलाका प्रहरी कार्यालय, नेवारपानी कार्यालय अगाडी चेक प्वाईन्टमा  ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको टोलीले काठमाडौंबाट बिरगंज तर्फ आउँदै गरेको ना ७ ख २०१८ नम्बरको बसलाई  शंका लागि चेकजाँच गर्दा उक्त बसमा सवार जिल्ला धादिङ, गजुरी गाउँपालिका-८ बस्ने अन्दाजी ३३ वर्षीय चिन बहादुर डिमडुङ तामाङले आफु बसेका सिटमुनि जेब्रा झोलामा लुकाई छिपाई राखेको लागुऔषध चरेश अन्दाजी ६ किलो ९०० ग्राम फेला पारी निजलाई लागुऔषध चरेश सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।