प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटना

२०७९-०८-०३

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३, बसामाडी स्थित पुर्व-पश्चिम सडकखण्डमा चितवन बाट हेटौंडा तर्फ जाँदै गरेको प्रदेश ३-०३-००१ प नं. को स्कुटरले पैदल यात्री जिल्ला मकवानपुर राक्सिराङ १ बस्ने १४ वर्षीय सन्त सिं प्रजा लाई बाटो काट्ने क्रममा ठक्कर दिँदा टाउको र शरिरको बिभिन्न भागमा चोट लागि घाईते भई हेटौंडा अस्पतालमा उपचार भईरहेको, स्कुटर चालक ३९ वर्षीय बिनु थापा मगर दुबै हात र मुखमा चोट लागि घाईते भई उपचारको लागि चितवन भरतपुर अस्पताल निजको आफन्तले लिएर गएको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध चरेश सहित मानिस नियन्त्रणमा
२०८१-०१-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानी स्थित ईलाका प्रहरी कार्यालय, नेवारपानी कार्यालय अगाडी चेक प्वाईन्टमा  ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको टोलीले काठमाडौंबाट बिरगंज तर्फ आउँदै गरेको ना ७ ख २०१८ नम्बरको बसलाई  शंका लागि चेकजाँच गर्दा उक्त बसमा सवार जिल्ला धादिङ, गजुरी गाउँपालिका-८ बस्ने अन्दाजी ३३ वर्षीय चिन बहादुर डिमडुङ तामाङले आफु बसेका सिटमुनि जेब्रा झोलामा लुकाई छिपाई राखेको लागुऔषध चरेश अन्दाजी ६ किलो ९०० ग्राम फेला पारी निजलाई लागुऔषध चरेश सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।