प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

छतिवनमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

२०७९-०७-२४

  • A
  • A-
  • A+
Share

मकवानपुर, बकैया गाउँपालिका-४, छतिवन  स्थित धरान चतरा सडक खण्डमा हेटौंडा तर्फ बाट हात्तिसुडे तर्फ जादै गरेको बा.प्र.०३-००१त३४१नं. को ट्याक्टर बुधबार राती ९ बजेको समयमा आफै अनियन्त्रित भई सडकमा पल्टन जाँदा ट्याक्टरमा सवार जिल्ला मकवानपुर, बागमती गाउँपालिका-५ बगेरी बस्ने २७ वर्षीय सत्यमान घिसिङको घटना स्थलमा नै  मृत्यु भएको । ट्याक्टरमा सवार बागमती गाउँपालिका-५ कै ३५ वर्षीय  दमै सिङ सिन्तान घाईते भई हेटौंडा अस्पताल, मकवानपुरमा उपचारको लागि लगिएको ।


सम्बन्धित समाचार
लागुऔषध चरेश सहित मानिस नियन्त्रणमा
२०८१-०१-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानी स्थित ईलाका प्रहरी कार्यालय, नेवारपानी कार्यालय अगाडी चेक प्वाईन्टमा  ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको टोलीले काठमाडौंबाट बिरगंज तर्फ आउँदै गरेको ना ७ ख २०१८ नम्बरको बसलाई  शंका लागि चेकजाँच गर्दा उक्त बसमा सवार जिल्ला धादिङ, गजुरी गाउँपालिका-८ बस्ने अन्दाजी ३३ वर्षीय चिन बहादुर डिमडुङ तामाङले आफु बसेका सिटमुनि जेब्रा झोलामा लुकाई छिपाई राखेको लागुऔषध चरेश अन्दाजी ६ किलो ९०० ग्राम फेला पारी निजलाई लागुऔषध चरेश सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।