प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०७-२२

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान स्थितबाट प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । बि.पि. राजमार्गमा रहेको चेक पोष्टमा खटिएको प्रहरी टोलिले बिराटनगरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.५.ख.७३६ नं.को हाईस चेकजाँच गर्ने क्रममा हाईसमा सवार जिल्ला खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ बस्ने २० वर्षीय चिरन्जिवि घिमिरेले बोकेको बोराको सेतो झोला भित्र रहेको खुर्सानी संगै लुकाई छिपाई लै जाँदै गरेको NITRAVET-10 लेखिएको प्रति पत्तामा ३० पिसको दरले रहेको १५ पत्ताको जम्मा ४५० पिस नियन्त्रित लागुऔषध फेला परेको थियो । लागुऔषध सहित निज र निजको साथी जिल्ला सर्लाही बरहथवा नगरपालिका-५ बस्ने २२ वर्षीय रविशंकर ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार