ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु
२०७९-०७-१९
- A
- A-
- A+
रामेछाप, उमाकुण्ड गाउँपालिका-५ चिलाउने संसरिडाँडा स्थितमा ट्याक्टर
सडक बाट अन्दाजी ९० मिटर तल खस्न गई दुर्घटना हुँदा चालकको घटनास्थल मै मृत्यु
भएको छ भने २ जना गम्भिर घाईते भएका छन । लिखुखोलाबाट चिलाउने संशरीडाँडा तर्फ
पसलको खाध्यन्न सामान लिई जादै गरेको नं.को ट्याक्टर सोहि स्थित उकालो बाटोमा रोकि
राखेको अवस्थामा ट्याक्टरमा सवार सोहि बस्ने ३० वर्षीय प्रेम कुमार सुनुवारले
चलाउन खोज्दा ट्याक्टर ब्याक भई सडक बाट तल खस्न गई दुर्घटना भएको थियो । चालक प्रेम
कुमार सुनुवारको घटनास्थल मै मृत्यु भएको हो । दुर्घटनामा सोहि ट्याक्टरमा सवार चिलाउने
संसरिडाँडा बस्ने ३६ वर्षीय निल कुमार सुनुवार बेहोस अवस्थामा रहेको र सोहि बस्ने ३८
वर्षीय हित बहादुर खत्री दाहिने खुट्टा फ्याक्चर भएको अवस्था रहेको थियो । निज घाईतेहरुको
उपचार प्राथमिक स्वास्थ्य केन्द्र डाँडाखर्कमा भईहेको छ । यस घटनाको सम्बन्धमा थप
अनुसन्धान कार्य भईरहेको छ ।