निरीक्षण तथा निर्देशन
२०७९-०७-१८
- A
- A-
- A+
बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले जिल्ला प्रहरी कार्यालय, धादिङको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख बज्राचार्यले जिल्ला प्रहरी कार्यालय, धादिङबाट सम्पादित पछिल्लो गतिविधिको बारेमा जानकारी लिनुका साथै उत्कृष्ट सेवा प्रवाहका लागि प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागिय निर्देशन दिनुभएको हो । निरीक्षण तथा निर्देशन पश्चात् प्रदेश प्रहरी प्रमुख बज्राचार्यले आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ लाई निष्पक्ष, भयरहित र विश्वसनीय ढंगले सम्पन्न गर्न तयार गरिएको सुरक्षा व्यवस्थापनको बारेमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग छलफल समेत गर्नुभएको थियो ।