सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
२०७९-०७-१८
- A
- A-
- A+
चितवन, कालिका नगरपालिका-७ गैडाखोला भित्री सडक खण्डमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । ना३च ७१७८ नं.को बलेरोले पैदल यात्री सोहि बस्ने ४९ वर्षीय मिन बहादुर विश्वकर्मालाई ठक्कर दिंदा गम्भीर घाईते भएका थिए । घाईतेको उपचारको लागि भरतपुर अस्पताल पठाएकोमा उपचारको क्रममा निज मिन बहादुर विश्वकर्मालाई चिकित्सकले मृत घोषण गर्नु भएको थियो । सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ । चालक फरार रहेको फरार चालकको खोजतलाश कार्य जारी रहेको ।