प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मन्दिरको चन्दा बक्स चोरी

२०७९-०७-१७

  • A
  • A-
  • A+
Share

काभ्रे, पाँचखाल नगरपालिका-९ पलान्चोक स्थित रहेको भगवती मन्दिर को भित्री कम्पाउण्ड भित्र रहेको २ वटा फलामको चन्दा बक्स चोरी भएको छ । अपरिचित व्यक्तिहरुको चोरी समुहले रातीको समयमा उक्त चन्दा बक्स चोरी लगेको हो । उक्त चन्दा बक्समा रहेको नगद पैसाको जानकारी नखुलेको ।  चोरी भएको चन्दाको बक्स मन्दिर भन्दा अन्दाजी २ किलो मिटर पश्चिम तर्फ भेटवाल थोक स्थित गोरेटो बाटो छेउमा २ वटै बक्स फोडी नगद चोरी लगेको अवस्थामा फेला परेको छ । चोरी गर्ने व्यक्तिहरुको खोजतलास कार्य जारी रहेको छ । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य जारी रहेको छ । 

सम्बन्धित समाचार