मन्दिरको चन्दा बक्स चोरी
२०७९-०७-१७
- A
- A-
- A+
काभ्रे, पाँचखाल नगरपालिका-९ पलान्चोक स्थित
रहेको भगवती मन्दिर को भित्री कम्पाउण्ड भित्र रहेको २ वटा फलामको चन्दा बक्स चोरी
भएको छ । अपरिचित व्यक्तिहरुको चोरी समुहले रातीको समयमा उक्त चन्दा बक्स चोरी
लगेको हो । उक्त चन्दा बक्समा रहेको नगद पैसाको जानकारी नखुलेको । चोरी भएको चन्दाको बक्स मन्दिर भन्दा अन्दाजी २
किलो मिटर पश्चिम तर्फ भेटवाल थोक स्थित गोरेटो बाटो छेउमा २ वटै बक्स फोडी नगद
चोरी लगेको अवस्थामा फेला परेको छ । चोरी गर्ने व्यक्तिहरुको खोजतलास कार्य जारी रहेको
छ । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य जारी रहेको छ ।